धादिङ,२० फागुन ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं–१ स्थित विभिन्न गाउँमा लगाएको अफिम खेति प्रहरीले नष्ट गरेको छ।
बिहीबार गाउँपालिकाको वडा नं–१ स्थित सिमटार, जरुङ र ब्रम्दी लगायतका स्थानमा करिब ३ सय रोपनी जग्गामा अवैध रूपमा लगाइएको अफिम खेति फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ’बस्ती बस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त अफिम खेती नष्ट गरेको हो।
साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर नष्ट गरेको समेत जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |