काठमाडौं, २० फागुन ।
नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३२ पैसा र बिक्री दर १३४ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर २९ रुपैयाँ आठ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तिन पैसा र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |