धादिङ,२० फागुन ।
धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै देविघाट देखि धादिङबेसी, देविघाट देखि जहरे र धादिङबेसी देखि सल्यान्टार सम्मका ३३ के.भी प्रशारण लाईन नजिक रहेका रुखका हाँगा काट्ने कार्य रहेकोले भोलि शनिबार बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ।
उक्त समयमा धादिङबेसी, जहरे र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण फिडरहरु बन्द हुने भएकाले नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना, नेत्रावती डवजोङ, ज्वालामुखी, सिद्धलेक, बेनिघाट रोराङ, गल्छी, गजुरी, थाक्रे र आरुघाट गाउँपालिका लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |