काठमाडाैं, २० फागुन।
सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे ।
आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।
बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए÷एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए÷बीसीआइकम÷बीआइटी÷बीआइएम÷बीएस्सी हुनुपर्नेछ ।
बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ ।
बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।
सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ ।
बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र÷ प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।
योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |