अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् ।
गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ ।
यसबैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका छन् ।
सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन् । सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको ११ दलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको बिरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरुको ठहर छ ।
आन्दोलनको घोषणा गर्नेहरुमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तरानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लगायत रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |