काठमाडौं, १९ फागुन ।
सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।
बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
पौडेल सरकार सञ््चालन संयन्त्रका संयोजक पनि हुन् । एमसीसी अनुमोदन भइसकेपछिको सत्ता गठबन्धनको बैठकमा पौडेल पनि सहभागी भएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |