धादिङ,१८ फागुन।
युक्रेन जोखिममा रहेका ४०० नेपालीलाई अबिलम्व उद्धार गर्नको लागि सरकारसँग अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ ।
समाजका अध्यक्ष राजन खकुरालले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरि जीवन जोखिममा परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउनको लागि अपिल गर्नु भएको छ ।
“अन्तर्राष्ट्रिय धादिङ समाजको तर्फबाट युक्रेनमा जोखिममा परेका नेपाली साथीहरुलाई उद्धार गर्नको लागि पहल कदमी जारी राखेका छौं।यस दुखद समयमा सहयोगको लागि एनआरएनएका सह कोषाध्यक्ष तथा कोषाध्यक्ष पदको उम्मेद्वार लोक प्रसाद दाहाल सम्पर्क गर्नु हुन बिनम्र अनुरोध छ।” विज्ञप्तिमा भनिएको छ ।
आजको एक्काईसौं शताब्दीमा मध्य युगिन् बर्बर–पासविक युद्धले मानव जीवनको अस्तित्व समाप्त गर्ने भन्दा अरु बढि केहि गर्ने छैनन् भन्दै विश्वभरका शान्तिकामी जनता रुसको यस बर्बरतापूर्ण कदमको बिरोधमा उत्रिएका छन् विज्ञप्तिमा भनिएको छ ।
यूरोपका कयौ सामाजिक अभियन्ता हरु उद्धार कार्यमा लागि पर्नु भएको र सम्पूर्णले यस उद्धार कार्यमा आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नहुन समेत अन्तराष्ट्रिय धादिङले आग्रह गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |