धादिङ,१८ फागुन।
धादिङबेसीमा समावेशी विपद जोखिम न्युनीकरण सम्बन्धि अभिमूखीकरण कार्यक्रम सुरु भएको छ ।
ह्याण्डिक्याप इन्टरनेशनल र अपाङ्ग कल्याण संघको संयुक्त आयोजनामा भुकम्प प्रभावित नगरपालिकाहरुमा स्वास्थ्य क्षेत्र तथा समुदाय उत्थानशीलता सुदृढीकरण परियोजना अन्तर्गत समावेशी विपद जोखिम न्युनीकरणलाई स्थानीय तहका योजना तथा कार्यक्रममा मुलप्रभाहीकरण गरी समुदायको उत्थानशीलता गर्ने उद्धेश्यले आजदेखी २ दिने अभिमूखीकरण कार्यक्रम शुरु भएको हो ।
स्थानीय तहका प्रतिनिधी, कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा आज अपाङ्गताको प्रकार, राज्यले दिने सेवा तथा सुविधा, विपतको समयमा राहत तथा उद्धार, स्थानीय तहमा हुने योजना तथा कार्यान्वयनको पहुँचका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका नितिगत व्यवस्था, विपद व्यवस्थापन र जलवायु परिर्वतन अनुकुलनको अवधारणा, संकटासन्न व्यक्ति तथा समुहको समावेशीता, स्थानीय तहमा भए गरेका क्रियाकलापहरु, आगामी योजना, सामाजिक संरक्षणका प्रावधानहरुलाई समावेशी विपद जोखीम न्युनीकरणमा समाहित गराउने विषयमा छलफल भैरहेको छ ।कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |