धादिङ,१६ फागुन।
धादिङको नीलकण्ठ नगरपालिकामा दोस्रो मेयरकप ब्याडमिण्टन प्रतियोगिता २०७८ को औपचारिक उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिलमान पाख्रिनले प्रतियोगिता उद्घाटन गर्नुभएको हो ।
मन्तव्य रहितको उद्घाटन समारोहमा प्रमुख अतिथि पाख्रिन र नीलकण्ठ नगर प्रमुख भिमप्रसाद ढुंगाना बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । दुवै नेताहरु बीच व्याटमिन्टन खेलाएर प्रतियोगिताको उद्घाटन गरिएको हो ।धादिङ जिल्ला ब्याडमिण्टन संघको आयोजनामा आज सम्पन्न भएको जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिण्टन प्रतियोगिताको १९ वटा खेलहरु सम्पन्न भएको छन् ।
धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, द्धितियलाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ।
यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ । त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार।
राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कारबाट पुरस्कृत गरिने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |