काठमाडौं, १६ फागुन ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्र्तगत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्र्तगत सोमबार मतदान भइरहेको हो ।
क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।
पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |