काठमाडौं, १५ फागुन ।
अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजकाे प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घाेषणासहित एमसीसी संसदमा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजकाे बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |