सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् ।
आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।
देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दावी गरे । ‘एमालेले हटाएका १४ सांसदको सुचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ ।’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’
एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाइ छ । ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’
केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरि आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |