धादिङ,१३ फागुन।
वागमती प्रदेश स्तरीय पुरुष डबल्स ब्याडमिण्टन प्रतियोगिता–२०७८ को उपाधी खेलकुद महासंघ धादिङका राम–लक्ष्मणले जितेका छन् ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा हेटौंडा भएको व्याडमिन्टन प्रतियोगितामा नेपाल खेलकुद महासंघ धादिङबाट प्रतिनिधित्व गर्नुभएका राम लक्ष्मणले प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका हुन्।
शुक्रबार भएको फाईनल खेलमा चितवनका केवल न्यौपाने र राजु थापालाई २१–१८,२१–२३, २१–१५ स्कोरले पाखा लगाउँदै धादिङका राम–लक्ष्मणले उपाधी जितेको नेपाल खेलकुद महासंघ धादिङका संयोजक सुनिल तामाङले जानकारी दिनुभयो।
धादिङका राम–लक्ष्मण फागुन ९ गते तनहुँको दमौलीमा सम्पन्न भएको व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता जितेर आएसँगै बागमती प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन हेटौंडा पुग्नुभएको थियो ।
प्रतियोगीतामा चितवनका केवल न्यौपाने र राजु थापा दोस्रो र सिन्धुपाल्चोकका राजन तेस्रो हुनुभएको छ ।प्रतियोगीतामा काठमाडौं, भक्तपुर र ललितपुर बाहेक दश जिल्लाको सहभागीता रहेको खेलकुद महासंघ धादिङका ईन्चार्ज सगुन थापा मगरले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |