काठमाडौँ,१३ फागुन ।
नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।
उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । ‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |