धादिङ,१२ फागुन।
धादिङबेशीमा रहेका न्यु किवो बोर्डिङ स्कुलमा बुधबारदेखि खेल महोत्सव सुरु भएको छ।
बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल महोत्सवको बुधबार बिद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले उद्घाटन गर्नुभएको थियो।
खेल महोत्सवमा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मि, २०० मि, ४०० मि रेस, रिले रेस, मिनि म्याराथन, ज्यभ्लिङ थ्रो, सटपुट, पोर्ट बल, डोरीतान, गणित दौड, बिज्ञान दौड, ब्याकरण दौड, लङ्जम्प, हाईजम्प लगायत ५६ खेल समाबेश गरिएको प्रिन्सिपल रेग्मीले जानकारी दिनुभयो।
महोत्सव अन्तर्गत बुधबार पहिलो दिन फुटबल, १०० मि रेस(केटा/केटि) इन आउट, हट पोट्याटो, रिले रेस लगाएत खेलहरु सम्पन्न भएको उहाँले बताउनुभयो।उक्त खेल महोत्सव फागुन १५ गते आईतबारसम्म सञ्चालन हुने छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |