कैलाली । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिए । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए ।
घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको देखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । –रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |