खोटाङ । अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तीकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।
सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसीको पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको अनेरास्ववियु (क्रान्तीकारी)का नेता पारस बिराटले बताए । खसेका मत मध्ये एक मत बदर भएको छ । एमसीसी यथास्थितिमा पास नगर्नका लागि दबाब सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको नेता पारस बिराटले बताए ।
‘स्वाधीन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौं । सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौं, उनीहरूलाई सुनाउनका लागि जनमत सङ्ग्रह गरिएको हो,’ पारस बिराटले भने । उनले सत्तामा बस्नेले जनता एमसीसीको विपक्षमा रहेको कुराको हेक्का राख्नुपर्ने बताए।
‘एमसीसीको पक्षमा हामी छैनौं । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं सहीदको बलिदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दूरगामी असर गर्नेवाला छ,’ उनले भने ।
सडक जनमत सङ्ग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइने अनेरास्ववियु (क्रान्तीकारी)ले जनाएको छ । सडक जनमत सङ्ग्रहको मत सडकमै गणना गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |