काठमाडौं, ११ फागुन ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी पुरानै सत्ता उल्टाउन कोसिस भइरहेको बताएका छन् । अमेरिकन सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने सम्भावनाको चर्चा सुरु भएको बेला प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनको यो भनाई निकै अर्थपुर्ण रुपले हेरिएको छ ।
आज मात्र गुहमन्त्री बालकृष्ण खाँडले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट भेट गर्न पुगेका थिए । प्रचण्डले नेपालमा अहिले पनि क्रान्ति र प्रतिक्रान्तिहरुबीच संघर्ष चलिरहेको समेत उल्लेख गरेका छन् । कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् भन्दै उनले सबै प्रपञ्चको जालो चिरेर बिजयी हुने पनि बताएका छन् ।
‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, फेसबुकमा प्रचण्डले भनेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’–उनले लेखेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |