बुटवल, ११ फागुन :
नेकपा (एमाले) का महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बाेधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रर्दशन गरेको बताए ।
‘सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन,’ उनले भने । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका अहिलेका प्रावधानमा सम्झौता गरिएको र देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको उनको भनाइ छ । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताए ।
संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उनले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताए । ‘हाम्रा मुद्दा सम्बाेधन भएपछि संसदका हरेक विषयमा दृष्टिकोण दिन्छौं,’ पोखरेलले भने ।
एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उनले बताए । उनले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उनले दावी गरे ।
दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता सहभागी छन् । सहभागीलाई विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल गराइने एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |