एजेन्सी, १० फागुन ।
युक्रेन संकटले विश्व राजनीतिक नै तरंगित भएको छ । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै उक्त देश विभाजित भएको छ । यद्यपि, संयुक्तराष्ट्रसंघका अलावा विश्वका धेरै देशहरुले मान्यता दिएका छैनन् ।
युक्रेन संकटले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्ने आँकलन गरिएको छ । यसै पनि तेलको मूल्य प्रति ब्यारल सय डलर नजिक पुगिसकेको छ । अयलप्राइस डट कमले तेलको मूल्य प्रतिब्यारल सय डलर पुगेर निश्चित समय स्थिर रहने आँकलनगरेको छ ।
तेल आपूर्तिको जञ्जालमा असर पर्ने भन्दै बीबीसीले मूल्य वृद्धिको सम्भावना औल्याएको छ । तेलको मूल्य प्रतिब्यारल ९७ डलरसम्म पुगेको छ । वृद्धि निरन्तर भइरहेको देखाएको छ ।
तेलको मूल्य झन् बढेबाट नेपालले पनि संकटको सामना गर्नुपर्ने देखिदैछ । नेपाल आयल निगम प्रति महिना ५ अर्ब घाटामा छ । अब घाटा झन् बढ्न जाने अवस्था बनेको छ । नेपालको विदेशी मुद्रा संचिती पनि घट्न सक्छ । केही महिनाको अन्तरालमै तेलमा देशले दोब्बरभन्दा बढी रकम खर्च गर्नु परेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |