एजेन्सी, १० फागुन।
युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेनको लागि प्रस्थान गरेको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान प्रस्थान गरेको हो। एयर इन्डियाले युक्रेनबाट भारत आउने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरूमार्फत बुक गर्न सक्ने जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसी सेनालाई लुहान्स्क र डोनेस्कमा शान्ति कायम राख्न भनेका छन्। राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता स्वतन्त्र क्षेत्रको मान्यका दिएका छन् । यो आदेशपछि युद्धको डर झनै बढेको छ । यस्तो अवस्थामा सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |