काठमाडौं,१० फागुन ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६३ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६८ पैसा र बिक्री दर ८६ रुपैयाँ ११ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा एक पैसा र बिक्री दर १० रुपैयाँ तिन पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |