काठमाडौँ, ९ फागुन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा ताइवानमा मुख्य कार्यालय रहेको चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ ।
फाउण्डेशनका तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा तीन हजार थान डोटीमा तथा बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको उक्त संस्थाले जनाएको छ । डोटीका जनताका लागि प्राप्त न्यानो कम्बल तथा स्वास्थ्य सामग्री तत्कालै जिल्लामा पठाइने मन्त्री आलेको सचिवालयले जनाएको छ ।-रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |