काठमाडौँ, ९ फागुन।
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो ।
निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् ।
आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि यसअघि आयोगमा दर्ता कायम रहेको दलहरुले समेत पुनः दल दर्ता गर्नुपर्ने भनेको छ । आयोगले १५ फागुनसम्मका लागि दल दर्ताको निवेदन दिन आह्वान गरेको छ ।स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउने छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन् । उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नुपर्ने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |