काठमाडौं, ८ फागुन ।
लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् ।
एमसीसी टेबल भइरहँदा बानेश्वरमा झडप भइरहेको थियो । एमसीसीविरोधीले बानेश्वरमा विरोध प्रदर्शन गर्दा स्थिति तनावग्रस्त भयो ।
एमसीसी टेबल नगर्न सत्ता पक्षका माओवादी केन्द्र, जनमोर्चा नेपालका अलावा विपक्षका नेमकिपाले सदनमै भनाई राखेका थिए । नेकपा एमालेले सदनको अवरोध जारी राख्यो । यद्यपि, एमाले एमसीसीबारे स्पष्ट छैन ।
अब एमसीसीबारे १२ फागुनको सदन बैठकमा के हुने हो ? चासो बनेको छ । १६ फागुनभित्र एमसीसी टुंगो लागिसक्नुपर्नेछ । तर, सत्तापक्षमै विवाद रहेकाले एमसीसी पारित हुने सम्भावना कम रहेको छ । यसले नेपालको राजनीतिमा नयाँ टकराव देखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |