काठमाडौं, ८ फागुन ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ ।
रोमान्चक बनेको खेलको १५औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८८औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जावलाखेल १२ खेलमा १४ अंक जोडेको छ भने हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ ।
यस जितसँगै जावलाखेल रेलिगेसनबाट जोगिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |