काठमाडौं, ७ फागुन।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय भएको एक नेताले जनाए । तर, एमसीसी टेबुल गर्नको लागि पहिले संसद्को अवरोध हट्नुपर्ने उक्त पार्टीको निर्णय रहेको छ। एमालेले पछिल्ला दिनमा लगातार संसद् अवरुद्ध गरिरहेको छ ।
प्रधानमन्त्री देउवा गठबन्धनमा सहमति कायम गरेर अघि बढ्न चाहन्छन् । तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने अहिलेको अवस्थामा एमसीसी सदनमा टेबुल हुन नदिने पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बोलाईएको छ । सरकारले भोलि नै एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |