काठमाडौँ, ७ फागुन।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताएका छन् । आज (शनिबार) पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाएका हुन् ।
पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो । त्यो एकता आफ्नो गल्ति भएको पनि थापाले बताएका छन् । केही समय अघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाडेका हुन् । थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |