काठमाडौं,०४ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ ।
अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो ।
तर, एमसीसी सम्झौता अनुमोदन प्रस्ताव राष्ट्रिय सहमतिविना सदन बैठकमा पेस गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको बैठकले निर्णय गरेपछि गठबन्धनका शीर्ष दुई नेताबीच सो सहमति भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीचको छलफलमा बुधबारको संसद बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जनतापाटीलाई जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |