काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सरकारको सहयोग परियाेजना (एमसिसी) टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन, तर सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।
कांग्रेसकाे मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेकाे थियाे ।प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |