धनगडी,०३ फागुन । ।
चार दिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।
भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुको गड्डाचौकी नाका खुला गरिएकाे छ । उत्तराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको हाे ।
नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।
गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत बन्द गरिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |