काठमाडौँ,०२ फागुन ।
एजेन्सी
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले ओसामा बिन लादेनलाई अफगानी नागरिकले अफगानिस्तानमा नल्याएको र विदेशीले अफगानिस्तानमा ल्याएको बताएका छन्।
काबुलमा पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति कारजाईले अफगानिस्तानमा विदेशी शक्तिले लादेनलाई अफगानिस्तान भित्र्याएको दाबी गरेका हुन्। उनले अन्तर्राष्ट्रिय बैंकहरुमा रोकिएको पैसा अफगानी नागरिकको भएको भन्दै केन्द्रीय बैंकमा फिर्ता गरिदिनु पर्नेमा जोड दिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा मानवीय र आर्थिक स्थितिलाई मध्यनजर गर्दै फ्रिज भएको ७ बिलियन डलर सम्पत्ति मध्ये साढे ३ बिलियन डलर फिर्ता दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको पर्सिपल्ट कारजाईको यो भनाइ आएको हो।
ह्वाइट हाउसले बाँकी साढे ३ बिलियन अमेरिकी डलर अमेरिकासँगै रहने र त्यो पैसा पेन्टागन आक्रमणका पीडितहरुको मुद्दाको अधिनमा रहेको बताएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |