एजेन्सी
म्यानमारमा सेनाले ‘कु’ गरी सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ । सैन्य सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको अवसरमा जुन्ता सरकारले आठ सयभन्दा धेरै कैदीबन्दीलाई आममाफीको घोषणा गरेको छ ।
जुन्ता प्रमुख मिन आङ हलिङले ८ सय १४ कैदीका लागि माफीको आदेश जारी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आममाफी पाउनेमा ७ जना विदेशी पनि छन् । देशको सङ्घीय स्वतन्त्रता दिवसका अवसरमा सैन्य सरकारले राजधानीमा परेड तथा प्रदर्शन गरेको छ ।
गएको वर्षको सैन्य ‘कु’ देखि नै म्यानमारमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । यो बीचमा प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार पाँच सयभन्दा धेरै नागरिकले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी नेतृत्वको सरकारलाई गएको वर्ष फेब्रुअरी एकमा सेनाले ‘कु’ गरी हटाएको थियो । साथै गएको मंसिरमा सुकीलाई सेनाको अदालतले चार वर्षको जेल सजाय समेत सुनाएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |