काठमाडौं,०१ फागुन ।
पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क–कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे खुला हृदयले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।
‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, २७ औँ जनयुद्धको दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ । क-कसले कहाँ कहाँ के कति कमजोरी गर्यो ? खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’
माओवादीभन्दा बाहिरका क्रान्तिकारी, इमान्दार र परिवर्तनको पक्षधर कम्युनिस्ट पार्टीहरू पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । एकताबद्ध हुँदा समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सकिने प्रचण्ड बताउँछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |