काठमाडौं,०१ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ दुई पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ एक पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ पाँच पैसा र बिक्री दर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ छ र बिक्री दर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |