काठमाडौं,२८ माघ ।
सुशिल शाह र जमोउल एन्थोनी फ्रान्कोइसको दुई- दुई गोल प्रेरित फ्रेन्ड्स क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई ५-२ अन्तरले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।
दशौ चरणको जितसंगै तीन अंक बटुलेको फ्रेन्ड्स रेलिगेशन जोनबाट बाहिर निस्किएको छ ।
फ्रेन्ड्सको जितमा सुशील र एन्थोनीसंगै श्याम बाबू क्यापछकीले एक गोल गरे । पराजित बीबीसीको लागि बिदेशी खेलाडी ड्याडी जुनिअर र कप्तान अनिल गुरुङले सान्त्वना गोल गरे ।
जारी लिगमा यो खेल सर्वाधिक गोल निस्किएको खेल रह्यो । यस अघि बिभागिय एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले ३-३ को बराबरी खेलेका थिए ।
खेलको अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै बीबीसीका कप्तान अनिल गुरुङले घरेलु मैदानमा आठ वर्षपछी गोल गरे ।
दशरथ रंगाशालामा शुक्रबार भएको दशौं चरणको पहिलो खेलमा लिगको पहिलो जित निकालेको फ्रेन्ड्स तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा उक्लिएको छ । बीबीसी ६ अंक सहित १३औं स्थानमा झरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |