काठमाडौँ,२८ माघ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको छ ।
अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको हो ।
अर्थका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
बितेका ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि विनियोजन गरिएको कूल बजेटको १६.३९ प्रतिशत मात्र खर्च भएको छ । अर्थात चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।
यसवर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो ।
अर्थका अनुसार २०७८ साउन देखि पुस मसान्तसम्म चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |