काठमाण्डौ,२७ माघ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुबाट १७ अर्ब रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ ।
गत साउनदेखि पुससम्म पढ्नको लागि विदेश जाने नेपालीले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ।यो गएको वर्षको ६ महिनाको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले धेरै हो ।
यस्तै विदेश घुम्न जाने नेपालीले १२ अर्ब सात करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको ६ महिनामा घुम्न जाने नेपालीले तीन अर्ब रुपैयाँको हाराहारीमा मात्रै खर्च गरेका थिए ।६ महिनामा नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च पनि बढेको छ ।
६ महिनामा भ्रमण आय दुई सय सात प्रतिशतले बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय जम्मा तीन अर्ब ३३ करोड रुपैयाँ मात्रै थियो । समग्रमा यो आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४६ अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |