काठमाण्डौ,२७ माघ।
नेपाल राष्ट्र बैंकले बिभिन्न ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ ।
बैंकले केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।
विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शतप्रतिशतसम्म क्यास मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, रक्सी तथा भिनेगर, निजी गाडी (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |