२७ माघ।-एजेन्सी
युरोपेली स्वास्थ्य आयुक्तले विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको दाबी गर्नुभएको छ।
स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सले विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताउनुभएको छ ।
युरोपेली युनियनले विश्वभरका एक सय ६५ देशलाई एक अर्ब ७० करोड मात्रा खोप उपलब्ध गराएको बताउँदै आयुक्त काइरियाकिड्सले यो मात्रा अझै पर्याप्त नभएको र थप पहल जरुरी रहेको उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।
खोप लगाउनेको सङ्ख्या निकै कम रहेको अफ्रिकामा युरोपेली युनियनले खोपको प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिँदै उहाँले युरोपेली देशहरुले कोभ्याक्स सुविधालाई अझै बढाउने पनि बताउनुभएको छ।
गएको डिसेम्बरमा युरोपियन युनियनले आउँदो जुन महिनासम्म विश्वका ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य रहेको उल्लेख गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |