काठमाण्डौ,२७ माघ।
आगामी वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो। तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य–अङ्ग्रेजी, अनिवार्य–संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।
विद्यालय बन्दा हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय भएको हो ।
सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो ।चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी मिति घोषणा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो ।बोर्डले कक्षा १२ को परीक्षा भने जेठमा गर्ने तयारी गरेको छ ।
हेर्नुहोस परिक्षा तालिका :
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |