धादिङ,२६ माघ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३९६ नमुना परीक्षण गर्दा २ हजार ४०१ जना नयाँ सङ्क्रमित थपिदा ७ हजार ७७७ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट आज ११ हजार ६०३ जनाको पीसीआर गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन परिक्षणमा ५४० गरी २ हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभयो यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। मंगलबार १९ सय ५७ संक्रमित थपिएका थिए।
देशभर संक्रमित हुनेको संख्या ११ लाख ६ हजार ६१७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख २८ हजार ३६९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ।योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८५२ पुगेको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |