एजेन्सी
नयाँ दिल्ली, २४ माघ
भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रीय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ । कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ । त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ ।
भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो । योसँगै भारतले कोभिडविरुद्ध ९ ओटा खोपलाई मान्यता दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |