काठमाडौं, २४ माघ
घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।
आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो ।
जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ ।
बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे ।
खेलको ६९औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । एट्लेटिकोको समान खेलबाट ३६ अंक छ ।
राति नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो ।
रियलको जितमा मार्को एसेन्सियोले ७४औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २४ अंक बनाएको ग्रानडा १६औँ स्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |