धादिङ २२ माघ
धादिङकोे नीलकण्ठ नगरपालिका वडा नम्बर ५ को फ्याक्से र स्यालडाँडाबाट १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। खाल्टेको पतेनी र स्यालडाँडामा आज छुट्टा छुट्दै कार्यक्रमका बिच नेकपा माओवादी केन्द्र र एमाले परित्याग गरी १७ जना काँग्रेसमा प्रवेश गरेका हुन्। नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले नव प्रवेशीहरुलाई टिका,खादा र सदस्यता कार्ड वितरण गरेर प्रवेश गराउनु भएको हो ।
खाल्टेको फ्याक्सेमा सहिद परिवारका सदस्य चन्द्र बहादुर श्रेष्ठ काँग्रेस प्रवेश गर्नु भएको छ । यसैगरी गोकर्ण अगस्ती सहित स्यालडाँडाबाट डिल बहादुर मगरको नेतृत्वमा १६ जना प्रवेश गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा सभापति क्षेत्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा मेयर ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सीता तामाङ,नीलकण्ठ नगरपालिकाका नगर सभापति शम्भु सिंह ठकुरीको विशेष आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |