ललितपुर, २२ माघ
ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’
गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उनले टिकट नपाउदा असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।
बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।
तस्बिर : एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यको फेसबुकबाट
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |