प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • सुरक्षित बैदेशिक रोजगारको लागि जनचेतना फैलाउदै नीलकण्ठ नगरपालिका


    धादिङ १९ कार्तिक ।
    बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नीलकण्ठ नगरपालिका धादिङले सचेतनाको कार्यक्रम सन्चालन गरेको छ ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गरेको हो। बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन,वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।

    This image has an empty alt attribute; its file name is dinesh-2.jpg
    मनोसामाजिक समस्याको विषयमा जानकारी गराउदैँः मनोविर्शकर्ता रामकुमार थापा

    नीलकण्ठ नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) परियोजना सन्चालन गरेर नगरपालिका क्षेत्रका नागरिकहरुको सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आईरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । असुरक्षित बैदशिक रोजगारको कारण नेपाली युवाहरुले विभिन्न समस्याहरु झेल्दै आईरहेका छन् । नीलकण्ठ नगरपालिकाको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ जलबिरेमा बैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरु बीच सुुरक्षित बैदेशिक रोजगारको विषयमा छलफल भएको थियो।

    This image has an empty alt attribute; its file name is dinesh-1-1.jpg
    सुरक्षित बैदेशिक रोजगारको लागि जानकारी गराउदैँ कार्यक्रम संयोजक दिनेश दुवाडी


    कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकाय,कार्यक्रम संयोज दिनेश दुवाडी,मनोविमर्शकता रामकुमार थापा र वित्तिय सहजकर्ता रचना लम्सालले विषय बस्तुमाथि जानकारी गराउनु भएको थियो।कार्यक्रममा बैदेशिक रोजगारको क्रममा आवश्यक पर्ने कागजपत्रको महत्व,सिपको महत्व,ईजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदा र मनोसामाजिक समस्याको लक्षणको विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।कार्यक्रममा कार्यक्रम संयोजक दिनेश दुवाडीले वैदेशिक रोजगारको कारण विदेशी भुमिमा वा नेपालमा कुनै समस्या परे नीलकण्ठ नगरपालिकामा सम्पर्क गर्नको लागि आग्रह गर्नुभएको थियो । सकेसम्म स्वदेशमै रोजगारी गरौँ यदि विदेश जानेनै भए सहि सुचना र सिप लिएर जाउँ भन्ने उदेश्यले नीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन भएको छ ।