प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • मुरलीभज्याङ ठाडोखोरियामा ३ करोडको लागतमा २४कोठ विद्यालय भवन निर्माण


    धादिङ १८ कार्तिक

    धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ठाडोखोरियामा ३ करोडको लागतमा सुविधा सम्पन्न २४ कोठे विद्यालय भवन निर्माण भएको छ । गाउँमै गुणस्तरी शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालय भवन निर्माण गरीएको वडा नम्बर ८ का अध्यक्ष गुणराज थपलियाले जानकारी दिनुभयो ।मुरलीभज्याङको दुई विद्यालय गाँभेर उक्त विद्यालयको भवनमा पठन पाठन निर्माण गरीएको छ । तात्कालिन रुपमा सन्चालनमा रहेको मेलमिलाप कंकाली आ.वि र रत्नदेवी आ.वि.लाई मर्च गरेर अहिले उक्त स्थानमा पठन पाठन गरीदै आएको छ ।स्थानीय स्रोत,शिक्षा मन्त्रालय र विभिन्न गैर सरकारी संघ–संस्थाको सहयोगमा विद्यालय भवन निर्माण गरीएको हो । उक्त विद्यालयमा अहिले ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्। उक्त विद्यालयमा हटिया,मगर गाउँ,सिमलीघारी लगायतको क्षेत्रबाट विद्यालयमा पढ्न आउने गरेका छन् । सबैको लागि शिक्षा भन्ने मुल नाराको साथ वडाले पनि शिक्षालाई निशुल्क गरीएको वडा अध्यक्ष थपलियाले बताउनुभयो । विद्यालयमा ७ जना स्थायी शिक्षक,३ जना राहत दरबन्दी र ३ जना बालविकासका शिक्षिकाहरु कार्यरत रहेका छन् । शिक्षामा सबैको पहँुच पु¥याउने उदेश्यले वडाले विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको छ । मर्च गरेर सन्चालनमा ल्याएको विद्यालयको नामकरण गर्ने काम भने बाँकि रहेको छ । वडाले नाम तोकेर केन्द्रमा सिफारीस गरीएको छ ।