प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • धादिङमा नेपाल सम्वत ११४० को अवसरमा भिन्तुना ¥याली सहित भव्य कार्यक्रम सम्पन्न(फोटो फिचर)


    धादिङ,११ कात्तिक।
    नेपाल सम्वत ११ सय ४० को स्वागतार्थ धादिङबेशीमा बृहत भिन्तुना ¥याली सहित भव्य कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालीहरुको महान चाड शुभ दिपावली तथा नेपाल सम्बत ११ सय ४० को अवसरमा नेपाल सम्बत ११ सय ४० मुल समारोह समिति धादिङको आयोजनामा ¥याली सहित भव्य कार्यक्रम सम्पन्न भएको हो ।

    आज विहान ७ बजे धादिङबेसी पुछारबजारमा भव्य झाँकि सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा विभिन्न जातजाति,धर्म समुदायहरुको रितिरीवाजलाई समावेश हुने गरी आ–आफ्नो जातीय पहिरहनमा सहभागि भएका थिए । कार्यक्रमको अवसरमा ८० बर्ष उमेर पुगेका ८६ जना बृद्धबृद्धाहरुलाई बाजागाजा सहित म्याजिक भ्यानमा राखेर दोसल्ला ओढाई बजार परिक्रममा गरिएको मुल आयोजक समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । नेपाल संम्बत ११ सय ४० को अवसरमा आज जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम सहित प्रभातफेरी सम्पन्न भएको छ ।

    नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष धादिङमा यस्ता कार्यक्रमहरु गरिदैँ आएको छ । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए ।

    कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने धिमे बाजा तथा टाकटुके नाचसहित सहभागी भएका थिए ।
    र्यालीमा २३ वटा टोल सुधार समिति, क्षेत्री समाज, बा्हमण समाज,धादिङ मुस्लिम समाज, तामाङ घेदुङ, मगर समाज, धादिङ सोसियल भोलेन्टियर नेपाल, सयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ ,नेपाल रेडक्रस ,ब्हमाकुमारी राजयोग सेवा केन्द्र धादिङको सकृय सहभागिता रहेको थियो। धादिङ बेशी पुछार बजार बाट सुरु भएको कार्यक्रम शितल बजार हुँदै धादिङ उद्योग वाणिज्य सङ्घ भवन परिसरमा रहेको भगवती मन्दिरमा प्रवचन सभा गरेर सम्पन्न गरिएको थियो ।