प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • धादिङमा नेपाल संवत ११४० भव्य रुपमा मनाईने

    नेपाल संवत ११४० तथा शुभ दिपावली एव. छठ पर्व २०७६ को अवसरमा धादिङमा भव्य रुपमा मनाइने भएको छ । नेपाल संवत् ११४० मूल समारोह समिति धादिङको आयोजनामा गर्न लागेको कार्यक्रममा शुभकामना प्रभातफेरि एवं ८० वर्ष पुरा जेष्ठ नागरिकहरुलाई सम्मान र बजार परिक्रमा गरिने नेपाल संवत ११ सय ४० मुल समारोह समिति धादिङका संयोजक गोविन्द कुमार श्रेष्ठले बताउनुभयो ।  आज धादिङबेशी पत्रकार भेटघाट सो कुराको जानकारी गराईएको हो ।कात्तिक ११ गते बिहानीमा धादिङबेशी बजार क्षेत्रमा बाजागाजा र बिभिन्न झाँकि सहित हर्षोल्लासका साथ हुने प्रभातफेरीमा आ–आफ्नो जातिय भेषभुषामा सहभागि हुन सबैलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रमको अवसरमाटोल सुधार समितिहरुको अगुवाईमा आ–आफ्नो टोल क्षेत्र सरसफाई गरीने, धादिङबेशी पुछारबजार पुलचोकमा नाँचगान सहित टिका र सगुन ग्रहण पश्चात ८० बर्ष प्रा हुनुभएका बा–आमाहरुलाई(चौरासी सम्मान कार्यक्रम) गरी म्याजिक भ्यानहरुमा राखि प्रभातफेरी प्रारम्भ गर्ने मुल समारोह समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।

    चौरासी सम्मान कार्यक्रमको लागि ८० बर्ष प्रा हुनुभएका बा–आमाहरुको नागरीकता वा उमेर खुल्ने प्रमाणको प्रतिलिपि सहित ८४ सम्मान कार्यक्रमम व्यवस्थापन उप–समितिका संयोजक भुपेन्द्र कुमार श्रेष्ठको टिमलाई कात्तिक १० गते दिउँसो ४ बजेसम्म नाम दर्ता गराउन श्रेष्ठले आग्रह गर्नुभएको छ । यस्तै कार्तिक १० गते विभिन्न टोल सुधार समितिको अगुवाइमा आ–आफ्नो टोल क्षेत्र सरसफाई गरिने समेत मूल समारोह समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो । समारोहलाई सफल बनाउनको लागि धिमेबाजा र नृत्य व्यवस्थापन, टाकटुके व्यवस्थापन, टीका व्यवस्थापन, सुकुन्दा र अन्ती व्यवस्थापन, सगुन व्यवस्थापन, चौरासी सम्मान व्यवस्थापन, बजार सरसफाई अनुगमन तथा मूल्याङ्कन, झाँकी व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रचार प्रसार उपसमिति लगायत विभिन्न उपसमितिहरु निर्माण गरीएको श्रेष्ठले बताउनुभयो ।

    यसअघि धादिङबेशी भित्र रहेको २९ वटा टोल सुधार समितिका अध्यक्ष जातीय संघ संस्थाका अध्यक्ष, स्थानीय संघ संस्थाका प्रतिनिधी र उप समितिको संयोजकहरुको भेला गरि कार्यक्रमलाई भव्य र सभ्य के कसरी बनाउने भन्ने बारेमा छलफल भएको थियो । नेपाल संवत २०५० साल देखि शुभदिपावलीको अवसरमा बाजा गाजा र झाँकी सहितको शुभकामना आदान प्रदान गरिदै आएको छ ।
    नेपाल सरकारले शंखधर शाख्वालाई राष्ट्रिय विभुति मानिनुका साथै नेपाल संवतलाई राज्यले राष्ट्रिय संवतको रुपमा ग्रहण गरेता पनि व्यवहारिक रुपमा चलन चल्तिमा प्रयोग नगर्दा बेला बेलामा संवतको बारेमा राष्ट्रिय बहस चलाउनुका साथै उक्त संवतको मर्मलाई सबै नेपाली नागरिकहरुले बुझ्नु र बुझाउनुपर्ने बेला आएको समारोह समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले बताउनु भयो ।